IME Life
GBIME

सुर्यज्योति लाइफको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड टिकापुर शाखाले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा विभिन्न बिधामा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता हरुलाइ सम्मान गरेको शाखा प्रमुख सुरेश जैसीले बताए ।

कम्पनीका प्रदेश प्रमुख मोहन पुरिको प्रमुख आतिथ्यता , एमडीआरटी कृष्ण कुमार कडायतको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अतिथि तराइ क्षेत्रका क्षेत्रिय प्रमुख रबिन्द्र हमाल रहेका थिए ।

Crest

प्रमुख अतिथि पुरिले प्रशिक्षण दिएको कार्यक्रममा विशिष्ट अतिथि एमडीआरटी कृष्ण कडायतले निरन्तर मेहनत गर्नसके जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्न सकिने बताउँदै सबैलाइ आफ्नो कार्य निरन्तर र सहि समयमा गर्न आग्रह गरे ।

कार्यक्रममा एजेन्सी म्यानेजरहरु अशोक बरही,राजेन्द्र चौधरी ,बिजय चौधरी ,महेश्वरि कठरिया,सोहन लाल चौधरी ,रिता मल्ल ,राजेश चौधरी ,अनिल कुमार चौधरी , साबित्रा टमट्टा ,सम्झना चौधरी,मन्जु पाण्डे लगायत ५० जना भन्दा बढि अभिकर्ताको उपस्थिति रहेको थियो ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS