IME Life

रिलायबल नेपाल लाइफद्वारा १० लाख १६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अत्तरिया शाखाले १ हप्तामै दाबीकर्ता को घरमै गएर मृत्यु दाबी भुक्तानी दिएको छ । सवारी दुर्घटनामा आफ्ना बीमितको ज्यान गुमेपछि कम्पनीले बीमितका आश्रित परिवारलाई १० लाख १६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको हो ।

बीमित दुर्गा बोहराको परिवारलाई कम्पनीको अत्तरिया शाखाले एक कार्यक्रमको आयोजना गर्दै दाबी भुक्तानी रकम घरमै हस्तान्तरण गरेको हो । मृतक दुर्गाका श्रीमान, छोरा अनि आफन्तहरुका बीच संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

कम्पनीको सुदुरपश्चिम प्रदेश प्रमूख चन्द्र विष्ट,शाखा प्रमुख मोहन वहादुर बोहरा र शाखाका एमडीआरटी प्रेम साउदले चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा स्थानीय बुद्धिजीवी समाजसेवी ,स्कूलका अध्यक्ष, वनका अध्यक्ष बीमित अभिकर्ताको भव्य उपस्थिति रहेको थियो ।

बीमित दुर्गा बोहराको २०८१ असार १० गते इन्डियाको व्यङ्लोर सहरमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो । बीमित दुर्गा बोहरा २०८० मंसिर महिनामा कम्पनीको अत्तरिया शाखाबाट ५ लाख रुपैयाँ बीमाङ्कको सुलभ जीवन बीमा पोलिसी खरिद गरेका थिए । बीमितको परिवारले यस पोलिसीले दिएको सुविधा अनुसार दुर्घटना मृत्यु बापतको सुविधा रकम, बीमाङ्क रकम र बोनस सहित १० लाख १६ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS