IME Life New

आइएमई लाइफको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्सोरेन्सको सातौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नारायणघाट क्षेत्रको आयोजना तथा पुष्पान्जली हस्पिटल प्रा.ली.भरतपुर १० को प्राविधिक सहयोगमा शहीद गणेश स्वास्थ्य चौकी गितानगरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

उद्घाटन कार्यक्रमको सभापतित्व आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय प्रबन्धक यसोदा ढुंगानाले गरेकी थिइन् । प्रमुख अतिथि भरतपुर माहानगरपालिका ६ का वडाध्यक्ष कृष्णलाल श्रेस्ठ, विशिष्ट अतिथि बरिष्ठ फिजिसियन डा.भोजराज अधिकारी, सामाजिक.इ.प्रमुख केदार सुबेदी, हे.पो. ईन्चार्ज भवीस्वर अधिकारी वडासदस्य रुद्र अधिकारी,डा.रिकेश सापकोटा, डा.यूबराज पौडेलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Esewa
Crest

कार्यक्रममा सम्बोधन गर्दै डा. भोजराज अधिकारीले अब अस्पतालनै बिरामीकोमा जानु पर्ने बताए । जनताले आधारभुत औषधी घरमै पाउनु पर्छ भन्दै उनले नून चीनी चील्लो कम गर्न समेत सबैलाई आग्रह गरे ।

कार्यक्रममा निःशुल्क प्रेशर शुगर टेस्ट र निःशुल्क औषधी समेत दिइएको थियो । शिविरमा महिला ८९ र पुरुष ९० गरी १७९ जना बिरामीले सेवा लिएका थिए ।

कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसर पारेर देशका सातै प्रदेश का विभिन्न जिल्लामा सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS