IME Life

राष्ट्रिय जीवन बीमाको १४५.४५%ले बढ्यो नाफा, जीवन बीमा कोषमा रु. ५३.८५ अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्ममा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १४५.४५ प्रतिशतले बढेको छ।

Prabhu
Crest

समीक्षा वर्षमा शेयर पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २ करोड ९० लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ६० करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको महाविपत्ति कोषमा १ करोड २६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४७ करोड ११ लाख रुपैयाँ थियो। महाविपत्ति कोष र रिटेन्ड अर्निङ दुवै बढेको छ।

समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषमा ५३ अर्ब ८५ करोड ११ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ४६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ थियो। जीवन बीमा कोषको आकारमा १६.७२ प्रतिशतको बढोत्तरी भएको छ।

समीक्षा वर्षमा कम्पनीले ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ४९ करोड ९५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले १८ करोड ५८ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो वर्ष कम्पनीले १८ करोड २४ लाख रुपैयाँ खर्चिएको थियो।

समीक्षा वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ११३.२० रुपैयाँ पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS