IME Life New

राष्ट्रिय जीवन बीमाको १४५.४५%ले बढ्यो नाफा, जीवन बीमा कोषमा रु. ५३.८५ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्ममा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १४५.४५ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा शेयर पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २ करोड ९० लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ६० करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको महाविपत्ति कोषमा १ करोड २६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४७ करोड ११ लाख रुपैयाँ थियो। महाविपत्ति कोष र रिटेन्ड अर्निङ दुवै बढेको छ।

समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषमा ५३ अर्ब ८५ करोड ११ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ४६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ थियो। जीवन बीमा कोषको आकारमा १६.७२ प्रतिशतको बढोत्तरी भएको छ।

समीक्षा वर्षमा कम्पनीले ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ४९ करोड ९५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले १८ करोड ५८ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो वर्ष कम्पनीले १८ करोड २४ लाख रुपैयाँ खर्चिएको थियो।

समीक्षा वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ११३.२० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS