IME Life New

जन्म दिनमा धनमायाले छोरीलाइ दिइन् जीवन बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमााडौं । जन्म दिनको अवसरमा आमा धनमाया गुरुङले आफ्नी छोरी रोशनी गुरुङलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यलय दुलेगौंडाबाट पाँच लाखको पोलिसि उपहार दिएकी छन् ।

तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका ३ बस्ने धनमाया गुरुङले आफ्नी छोरीको भबिस्य सुनिश्चित गर्न र पछिल्लो समयमा अनावश्यक खर्च गरि मनाउने जन्मदिनको परम्परालाई तोड्न उनले यो कार्य गरेको बताइन् । जन्म दिन मनाउने नाममा गरिने फजुल खर्च रोक्न र आफू र आफ्ना सन्ततिको भबिस्यको बारेमा सोच्ने हो भने सबैले जीवन बीमा गर्नुपर्ने बताइन् ।

Esewa
Crest

शाखा प्रमुख सन्तोष पराजुलीले अबका दिनहरुमा आफ्ना बच्चाहरुको राम्रो लालनपालन ,उच्च शिक्षा ,बिबाह ब्रतबन्ध साथै भइपरी आउने खर्चको लागि आजैबाट सबैले आफ्नो आम्दानीले धान्ने गरि जीवन बीमा गरेमा भोलिलाई टेवा पुग्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS