IME Life New

आइएमई लाइफ इन्स्योरेन्सको सातै प्रदेशमा बीमा साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ कम्पनीले सोमबार सातवटै प्रदेशका विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।
कम्पनीको स्थापनाको सातौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । कम्पनीले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय, क्याम्पसमा अध्ययनरत विद्यार्थी र विभिन्न संस्थाहरुमा कार्यारत कर्मचारीहरुलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएकोे हो ।

नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ । महेन्द्रनगर स्थित कञ्चनपुर गर्ल्स होस्टेल, भिमाद स्थित रिसिङ पाटन, चापागाँउ स्थित देवि बहुमुखी क्याम्पस, डडेल्धुरा स्थित भिमदत्त बहुमुखी क्याम्पस, सातदोबाटो स्थित सशस्त्र प्रहरी बल, टिकापुर स्थित टिकापुर बहुमुखी क्याम्पस, अत्तरिया स्थित होलिल्याण्ड उच्च मा. वि., कैलाली स्थित लम्की बहुमुखी क्याम्पस, तनहुँ स्थित भानुभक्त बहुमुखी क्याम्प्स, लगायत मुलुकभर विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा उक्त बीमा साक्षरता जागरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

Crest

कम्पनीले उक्त बीमा साक्षरता कार्यक्रममा बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS