काठमाडौं । नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर थपिएको छ । कम्पनकिो १ करोड कित्ता बोनश शेयर सूचीकृत भएको हो । कम्पनीले गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशत बोनश शेयर नेप्सेमा सूचीकृत गराएको हो । अब उक्त शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
नेप्सेमा आइएमई लाइफको थपियो १ करोड कित्ता शेयर

















