IME Life New

आइएमई लाइफको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख प्रवर्द्धक तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य, कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईं तथा कम्पनीका ब्राण्ड एम्बेसेडर दिपक राज गिरी र दिपाश्री निरौलाहरुको उपस्थितिमा भव्य कार्यक्रमका बीच देशेभरिबाट भेला भएका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई सम्मानित गरिएको छ ।

उक्त समारोहमा आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट व्यवसाय गर्ने सातै प्रदेशबाट कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको हो ।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कवि फुयाँल, नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य (डिसिइओ), चिफ मार्केटिङ अफिसर (सिएमओ) गणेश चौलागाईं तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका सदस्यहरु र ब्राण्ड एम्बेसेडरहरुका तर्फबाट गत आर्थिक वर्षभरी उत्कृष्ट बीमा ब्यवसाय गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुले अवार्ड प्राप्त गरेका थिए ।

उक्त समारोहमा कम्पनी प्रदेश प्रमुखहरु लगायत देशैभरीका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS