IME Life New

सानिमा रिलायन्स लाइफद्वारा १० लाख ८७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बेनी शाखाले सडक दुर्घटनामा ज्यान गुमाएका एक बीमितको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ। म्याग्दीको बेनी नगरपालिका वडा नं १० का छविलाल पुनको सडक दुर्घटनामा मृत्यु भएपछि उनकी श्रीमती डालमायाँ पुनलाई बुधबार एक कार्यक्रम आयोजना गरी १० लाख ८७ हजार ६३ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

पर्यटकीयस्थल टोड्केबाट वाखेत फर्किदै गरेको अवस्थामा दुर्घटनामा ज्यान गुमाएका सवारीचालक स्वर्गीय पुनले ५ लाखको बीमाबापत ५ किस्ता बराबर १ लाख ७५ हजार २२५ रुपैयाँ बीमा कम्पनीलाई बुझाएका थिए । प्रमुख आतिथि बेनी नगरपालिका वडा नं ६ का अध्यक्ष कृष्णसिङ बानियाँको आयोजित कार्यक्रममा जीवन बीमा परिवारको आर्थिक सुरक्षाका लागि अति आवश्यक रहेको बताए ।

Esewa
Crest

सो कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स क्षेत्र प्रबन्धक बलराम कँडेल, शाखा प्रबन्धक मुक्ती पौडेल, सिनियर एजेन्सी आस्था गुरुङ लगायत शाखाको कर्मचारी तथा केन्द्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS