IME Life New

नेशनल लाइफको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गाला कन्सर्ट सम्पन्न भएको छ । कम्पनीले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उपस्थितीमा काठमाडौंको सोल्टी होटलमा गाला कन्सर्ट सम्पन्न गरेको हो ।

कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दिप क्षेत्रीको प्रहसन सहित नेपालका चर्चित कलाकारहरु प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्माको बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने चर्चित डि.जे. डिजे नानीको प्रस्तुतीमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

Esewa
Crest

भव्य रुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका उप कार्यकारी अधिकृतले नेशनल लाइफले सदा र्झै अभिकर्ताहरुको चाहानालाई मध्येनजर गर्दै विभिन्न योजनाहरु ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइए को बताए । यस योजनालाई देशै भरीका अभिकर्ताहरुले उत्साहका साथ मनन गरेको हुनाले नै योजना सफल भएको बताउँदै अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS