IME Life New

नेपाल लाइफले दुई संस्थामा गर्यो रु. १.३३ अर्ब लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुईवटा संस्थामा लगानी गरेको छ।

नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि नेपाल लाइफले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हाइयर सेकेन्डरी स्कुल काठमाडौंमा लगानी गरेको हो। यी दुवै संस्थामा लगानी गर्ने निर्णय कम्पनीको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको थियो।

Esewa
Crest

नेपाल लाइफले प्रोफेसनल एजुकेटर्सको ३५.२२ प्रतिशत शेयर खरिद गरेको छ। जसअनुसार कम्पनीले उक्त संस्थामा ७३ करोड ७२ लाख ८९ हजार ६०० रुपैयाँ लगानी गरेको छ।

यसैगरी नेपाल लाइफले युनिग्लोब स्कुलको ४७.६२ प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको छ। यो स्कुलमा कम्पनीले ६० करोड रुपैयाँ लगानी गरेको छ।

दुवै संस्थामा नेपाल लाइफले कुल १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार ६०० रुपैयाँ लगानी गरेको छ। नेपाल लाइफ र दुवै संस्थाबीच शेयर लगानीसम्बन्धी सम्झौता भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS