IME Life New

रिलायबल नेपाल लाइफका दुई अभिकर्ता ६ महिनामै बने एमडीआरटी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स धौलागिरी एरिया अन्तर्गत बेनी शाखाबाट मिलियन डलर राउण्ड टेबल (एमडरुआरटी) २०२५ को लागि दिइएको लक्ष्य दुई जनाले हासिल गर्न सफल भएका छन् । उनीहरुले सो लक्ष्य ६ महिनामै पूरा गरेका हुन् ।

एमडीआरटीको लक्ष्य हासिल गर्नेमा म्याग्दीकी बिना खड्का र सञ्जु बरुवाल हुन् । उनीहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दिएको प्रथम बीमा शुल्क ४७ लाख माथिको लक्ष्यलाइ हासिल गरेका हुन् ।

Esewa
Crest

एमडीआरटी एचिभ गरेका बरुवाल र खड्कालाई बेनीमा सम्मान सहित केक काटेर खुशीयाली मनाइएको थियो । जनवरी देखि डिसेम्बरसम्म १२ महिनाको अवधिको बीमा व्यवसायको आधारमा योग्य ठहरिने भएकाले डिसेम्बर अन्तिम सम्ममा लक्ष पुरा गर्नु पर्ने भए पनि दुई जनाले जुलाइ महिनामै लक्ष्य पूरा गर्न सफल भएका हुन् ।

मिलियन डलर राउण्ड टेबल वित्तीय सल्लाहकार प्रायःजसो बीमा अभिकर्ताको अन्तर्राष्ट्रिय संस्था हो, ‘धौलागिरी एरिया एरिया म्यानेजर देवेन्द्र घिमिरेले भने, ‘यो संस्थाले आफ्नो सदस्यता वितरणका लागि प्रत्येक वर्ष मुलुक पिच्छेका अभिकर्ताका लागि फरक फरक व्यवसायीक लक्ष्य निर्धारण गर्ने र तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्ताले सदस्यता शुल्क भुक्तानी गरेर आफूले गरेको व्यवसायका आधारमा एक पटकका लागि सदस्यता हात पार्न सक्छन् ।’ सदस्यता नविकरणका लागि पुनः व्यवसायीक लक्ष्य पुरा गरेर योग्यता हासिल गर्नुपर्छ र पुनः सदस्यता शुल्क भुक्तानी गर्नु पर्ने हुन्छ ।’

एमडीआरटीका लागि हरेक वर्ष अन्तर्राष्ट्रिय रुपमै प्रथम बीमा शुल्क निर्धारण हुने गर्दछ । एमडीआरटीका लागि सन् २०२५ मा योग्य हुन बीमा अभिकर्ताले कम्तीमा ४६ लाख ९२ हजार ९ सय रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्नुपर्ने हुन्छ । यसअघि सन् २०२४ का लागि कम्तीमा ४१ लाख ७१ हजार ५ सय रुपैयाँ प्रथम् बीमाशुल्क आर्जन गर्नुपर्ने लक्ष्य तोकिएको थियो । सन् २०२३ का लागि ३७ लाख ९२ हजार ३०० रुपैयाँ व्यवसायिक लक्ष्य रहेको थियो । यो लक्ष समय सापेक्ष रुपमा परिवर्तन हुँदै जाने एरिया म्यानेजर घिमिरेको भनाई छ ।

त्यसैगरी धौलागिरी एरियाबाटै यसिन रोका मगरले आर्थिक वर्ष २०८०/०८१ मा टिम बिजनेसमा नेपालमै पहिलो बन्न सफल भएका छन् । उनले सामुहिक तर्फको व्यवसायीक तबरबाट धौलागिरी एरियामा सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनिहरु मध्येबाटै पहिलो पटक उक्त उपलब्धी हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS