Connect IPS
IME Life

सर्जकले आफ्नो जन्मदिनमा पाए एशियन लाइफको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विवाह, ब्रतबन्ध, वैवाहि वर्षगाँठ, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । तर पछिल्लो समय समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीच ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ६ निवासी शेसकुमार दाहल र जानुका काफ्ले दाहलले आफ्नो छोरा सर्जक दाहलको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले छोराको तेस्रो जन्मदिनको अवसरमा एशियन लाइफ इन्स्योरेन्सको चाबहिल शाखाबाट सुनौलो बाल भविष्य बीमा योजना उपहार स्वरुप दिएको शाखा प्रबन्धक अशोकराज गिरीले जानकारी दिए ।

Prabhu
Crest

सर्जकका बुवा आमाले  उक्त बीमा पोलिसी अभिकर्ता राधा कुमारी दाहल मार्फत खरिद गरेका हुन् । बालबालिकाको बीमा गर्दा प्रस्तावकको समेत जोखिम बहन हुनुको साथै प्रस्तावकलाई भवितव्य परेमा बीमाशुल्क छुट हुने, मासिक पढाई खर्च, बीमाङ्कको १ प्रतिशत कम्पनीले दिने र तिरिरहेको किस्ताको बोनश समेत पाइने शाखा प्रबन्धक गिरीले बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS