काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशत बोनश शेयर दिने निर्णय गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको नगद र बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि भने ० दशलमव ७३६८ प्रतिशत नगद लाभांश पनि दिने जनाएको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
1720758647421