IME Life New

बीमा गरे आयु बढ्छ ! तर, कसरी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा गरे आयु बढ्छ यो कुरा धेरैलाई थाहा नहुन सक्छ। तर, यो यथार्थ हो। तपाइँ मान्नुहोस् वा नमान्नुहोस् बीमा गरे आयु अवश्य पनि बढ्छ। नेपालीको आयु सरदर ७१ वर्ष हो। आयु ७१ वर्ष भए पनि कोही विभिन्न कारणले धेरै बाँच्दछन् भने कोही विभिन्न कारणले चाँडो मर्दछन्। धेरै बाँच्ने र चाँडो मर्ने विभिन्न कारण हुन सक्छ। त्यसमध्ये धेरै बाँच्न वातावरण तयार गर्ने एउटा माध्यम बीमा पनि एक हो। आज बीमा गरे नेपालीको आयु कसरी बढ्छ, त्यो तथ्यसहित प्रकाश पारिएको छ।

बचतले दिने आनन्दका कारण

Esewa
Crest

बचत भएपछि ढुक्क भइन्छ। जहाँ ढुक्क छ, त्यहाँ आनन्द छ। जहाँ आनन्द छ, त्यहाँ खुसी छ। हामी खुसीलाई एक औषधिका रुपमा लिने हुँदा खुसी भएको मान्छे धेरै बाँच्दछ।

उपचार खर्च दिने हुँदा

बीमा गरेपछि केही गरी घातक रोग जस्तैः क्यान्सर, मिर्गौला फेल, प्यारालाइसिस भई आवशयक पर्दा पैसा दिने हुँदा उक्त रोगको उपचार भई आयु बढ्छ।

अपांगताको खर्च कम्पनीले दिने कारण

दुर्घटना र प्राकृतिक कारणले अपांगता भएको खण्डमा उक्त अवस्थामा पैसा छैन भने धेरै गाह्रो हुन्छ। यदि बीमा गरेको छ भने बीमा कम्पनीले बीमितलाई रकम उपलब्ध गराउँछ। उक्त पैसा अपांगताको अवस्थामा गाँस, बास र कपासका लागि धेरै सहयोग हुन्छ र आयु बढ्छ।

सहुलियतपूर्ण दिइने ऋणका कारण

बीमाले एकदमै न्यून ब्याजदरमा कर्जा दिन्छ। ब्याजदर कम हुने साथै सावा पनि समयमा बुझाउनुपर्ने झन्झट हुँदैन। मान्छेले आफूखुसी कर्जा तिर्न पाउने सुविधा हुन्छ। यसले मानिसको मस्तिष्कमा दबाब कम हुन्छ र मान्छे खुसी भई आयु बढ्छ।

चिन्ता मुक्त बूढेसकाल

कतिपय छोरा–छोरीले आफ्नो आमा–बाबुलाई वृद्धावस्थामा हेर्दैनन्। यसले गर्दा वृद्धावस्थामा पीर र चिन्ता हुन्छ। त्यसले आयु कम हुन्छ। तर, बीमा गरेपछि आफूसँग बीमाको पैसा हुने हुँदा खुलेर जिउन पाइन्छ र आयु बढ्छ।

बीमा कम्पनी र अभिकर्ताको प्रार्थनाका कारण

बीमा गरेपछि हरेक दिन आफ्नो बीमितको सुरक्षा र समृद्धिका लागि कम्पनी र अभिकर्ताले भगवानसँग प्रार्थना गरेको हुन्छ। जुन कुरा दवाले हुँदैन। त्यो दुवाले हुन्छ भन्ने भनाइ नै छ। नेपाल एक धार्मिक देश र यहाँ देवी–देवता हुने र हामी पूजा–आजा, भाकल, प्राथनाप्रति विश्वास गर्ने भएकोले हामीले वीमितलाई गरेको प्रार्थना कुनै न कुनै रुपले उनीहरुसम्म पुग्ने भएकोले बीमितको कल्याण हुने र आयु बढ्ने हुन्छ।

समग्रमा बीमा गरेपछि नमर्नेभन्दा पनि पीर अनि चिन्तामुक्त भइने हुँदा मानिसले आफ्नो आयु बढाउन सक्छन्। अतः तपाइँहरु पनि पीर, चिन्ता, तनाव, अन्योलपूर्ण बूढेसकालबाट मुक्त रही खुसी बढाइ आयु बढाउन चाहनुहुन्छ भने आजै जीवन बीमा गर्नु होस्।

(लेखक राजकुमार दाहाल रिलायबल नेपाल लाइफका ब्रान्च म्यानेजर हुन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

43%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS