काठमाडौं । बीमितको सुविधाका लागि एप्स ल्याएको दश महिनामै जीवन बीमक मेट लाइफ नेपालले दुइवटा विधामा अन्तर्राष्ट्रिय सम्मान पाएको छ। मेट लाइफ नेपालले नवाैं इन्स्योरेन्स एशिया अवार्डस २०२४ समारोहका अवसरमा सिंगापुरमा सोमबार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको हो।
मेटलाइफले डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर नेपाल र मार्केटिङ इनिसिएटिभ अफ द इयर नेपाल उपाधिबाट सम्मानित भएको हो ।
मेट लाइफले ‘वान बाइ मेट लाइफ’ नामक मोबाइल एप्स २०८० भदाै ३० गते सार्वजनिक गरेको थियो । यो एप्स अन्तर्गत प्रयोगकर्ता बीमित वा अभिकर्ताले एउटै एप्समार्फत स्वास्थ्य बीमा सम्बन्धित सम्पूर्ण सुविधामा सहज पहुँच स्थापित गर्नुका साथै विभिन्न स्वास्थ्य सेवा प्रदायकबाट उपचार सेवामा विशेष छुट र सहुलियत समेतको सुविधा पाइ रहेका छन् ।
मेट लाइफ नेपालका अनुसार छोटो अवधिमै १ लाख ६० हजार मोबाइलमा डाउनलोड गरिएको यो एप्सले प्रयोगकर्ताबाट फो प्लस रेटिङ पाएको छ । यस्तो रेटिङले एप्सको सुविधाहरू प्रयोगकर्ता मैत्री र सन्तोषजनक रहेको जनाउँछ ।

















