IME Life New

एप्स सार्वजनिक गरेको दश महिनामै दुईवटा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित मेट लाइफ नेपाल

SPIL
इन्स्योरेन्स एशिया अवार्ड ग्रहणपछि तस्वीर खिंचाउँदै मेट लाइफ नेपालका प्रतिनिधि
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमितको सुविधाका लागि एप्स ल्याएको दश महिनामै जीवन बीमक मेट लाइफ नेपालले दुइवटा विधामा अन्तर्राष्ट्रिय सम्मान पाएको छ। मेट लाइफ नेपालले नवाैं इन्स्योरेन्स एशिया अवार्डस २०२४ समारोहका अवसरमा सिंगापुरमा सोमबार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको हो।

मेटलाइफले डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर नेपाल र मार्केटिङ इनिसिएटिभ अफ द इयर नेपाल उपाधिबाट सम्मानित भएको हो ।

Esewa
Crest

मेट लाइफले ‘वान बाइ मेट लाइफ’ नामक मोबाइल एप्स २०८० भदाै ३० गते सार्वजनिक गरेको थियो । यो एप्स अन्तर्गत प्रयोगकर्ता बीमित वा अभिकर्ताले एउटै एप्समार्फत स्वास्थ्य बीमा सम्बन्धित सम्पूर्ण सुविधामा सहज पहुँच स्थापित गर्नुका साथै विभिन्न स्वास्थ्य सेवा प्रदायकबाट उपचार सेवामा विशेष छुट र सहुलियत समेतको सुविधा पाइ रहेका छन् ।

मेट लाइफ नेपालका अनुसार छोटो अवधिमै १ लाख ६० हजार मोबाइलमा डाउनलोड गरिएको यो एप्सले प्रयोगकर्ताबाट फो प्लस रेटिङ पाएको छ । यस्तो रेटिङले एप्सको सुविधाहरू प्रयोगकर्ता मैत्री र सन्तोषजनक रहेको जनाउँछ ।

मेट लाइफले ५० भन्दा बढी स्थानीय र क्षेत्रिय सहयोगी समूहको संयुक्त प्रयासबाट प्राप्त उपलब्धीको प्रतीक भएको उल्लेख गरेको छ । सम्मान् प्राप्त भएकोमा एप्स विकास गर्ने सेवा प्रदायक, रचनात्मक सिर्जना सम्बन्धी कार्य गर्ने विज्ञापन एजेन्सीसमेतलाइ धन्यवाद दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS