Connect IPS
IME Life

मेटलाइफ नेपाल र जीवन विकास समाजबीच साझेदारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेटलाइफ नेपालले गर्वका साथ आफ्नो दिगोपन पहलहरू अन्तर्गत, धनपालथान नगरपालिकालाई जीवन्त हरियो ठाउँमा रूपान्तरण गर्न जीवन विकास समाजसँगको साझेदारीको घोषणा गरेको छ । यस सहकार्य भित्र, मेटलाइफले पूर्वी नेपालको धनपालथान गाउँको कुर्सियादेखि लालियासम्म बिरुवा रोप्ने प्रतिबद्धता जनाएको छ । जसले त्यहाँका बासिन्दाहरू र आगन्तुकहरूलाई रमाइलो गर्नका लागि हरित कोरिडोर सिर्जना गरेको छ ।

सडक छेउको हरियाली परियोजनाले त्यहाको वातावरणलाई अझै सुन्दर बनाउने छ र पारिस्थितिक सन्तुलन बढाउन, हावाको गुणस्तर सुधार गर्न र स्थानीय समुदायका लागि हरियो ठाउँहरू सिर्जना गर्ने जस्ता वातावरणीय फाइदाहरू प्रदान गर्दछ ।

Prabhu
Crest

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, “हामी जीवन विकास समाजसँग यस वृक्षारोपण कार्यक्रममा सहकार्य गर्न पाउँदा उत्साहित छौं । यस पहलले मेटलाइफको २०२० र २०३० बीचमा ५० लाख रूख रोप्ने ग्लोबल सस्टेनेबिलिटी प्रतिबद्धतामा योगदान गर्दै वातावरणीय व्यवस्थापन र सामुदायिक संलग्नताप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ ।“

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS