GBIME
IME Life

एशियन लाइफको हरिवन शाखाद्वारा मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको हरिवन शाखाले स्वर्गीय बिनोद कुमार दहालको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सो दाबी वापतको रकम स्व. दहालको श्रीमति उर्मिला देवी दहाललाई एक कार्यक्रम बिच आज हस्तान्तरण गरेको हो ।

स्व. दहालले २०६९ सालमा २ लाख बीमांक बराबरको बीमा गरी ८२ हजार रुपैयाँ किस्ता बुझाएका थिए । २ लाख बीमांक र १ लाख १० हजार बोनश रकम उनको श्रीमतिलाई प्रदान गरेको हो । सो कार्यक्रममा हरिवन शाखाका शाखा प्रबन्धक सरोज के सी , उनको श्रीमति उर्मिला देवी दहाल , उर्मिला देवीको भाई उमेश देवकोटा , एजेन्सी म्यानेजर श्रीमति जय लक्ष्मी चौधरी ,श्रीमति पन्चिमाया स्याङतान , बीमित वर्ग लगायत मार्कैटिङ म्यानेजर मुकेश कुमार यादव लगायत हरिवन शाखाको कर्मचारीको उपस्थिति रहेको थियो ।

SKYWELL
Crest

सो कार्यक्रममा शाखा प्रबन्धक के.सीले जीवन बीमा गर्ने व्यक्ति जतिको महान व्यक्ति अरु कोही नहुने बताए । जसले आफू नरहँदा पनि परिवारको आर्थिक अवस्थाको बारेमा ख्याल राखेर भोलीका दिनमा वीमाले नै गरिबी निवारण गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । साथै जीवन बीमाले देशको आर्थिक समृद्धीको लागि समेत महत्वपुर्ण टेवा पु¥याएको हुन्छ । जीवन बीमाले व्यक्ति , समाज , राष्ट्रको लागि नै आर्थिक रुपमा मेरुदण्डको रुपमा रहने भएकाले बीमा सबैको लागि अरिहार्य रहेको बताए ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS