IME Life New

बीमा सचेतनाका लागि अभिकर्ताबाट व्यावसायिक अभ्यासको खाँचो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमालेख बिक्री गर्न बीमा अभिकर्ताले अनेक उपाय गर्छन्। व्यावसायिक अभिकर्ताले बीमितलाई इमान्दारितापूर्वक बीमालेखको सबै विशेषता, भुक्तानीको सर्त र रकम भुक्तानी पाउने अवधि अनि बीमितले प्राप्त गर्ने भुक्तानी रकमको संभावित अंक बेलिबिस्तार लगाई दिन्छन्।

अर्का थरी छन् गैरव्यावसायिक अभिकर्ता, जसलाई बीमितको हितभन्दा पनि व्यक्तिगत हितमा बढी ध्यान हुन्छ। जसरी भए पनि बीमालेख बेचेर बीमितको खल्तीको पैसा झिक्ने र कमिसन कुम्ल्याउने।

Esewa
Crest

व्यावसायिक र गैरव्यावसायिक अभिकर्ताको यस्तो फरक कार्यशैली हुन्छ। व्यावसायिक अभिकर्ताका लागि इमान्दारिताको बाटो सहज हुँदैन तर त्यो विश्वास र इमानमा टिकेको दीर्घकालीन सम्बन्धको बाटो हुन्छ। गैरव्यावसायीक चरित्रको बाटोमा तत्कालीन लाभ प्राप्त गर्न सहज हुन्छ तर त्यो अविश्वास र बेइमानीमा टिकेको अल्पकालीन सम्बन्धको बाटो हुन्छ।

बीमा सम्बन्धमा नेपालमा अझै पनि आम नागरिकमा पर्याप्त सचेतना छैन। बीमा गरेपछि केही वर्षपछि रकम भुक्तानी पाइन्छ भन्नेसम्ममा मात्र आमनागरिकको सचेतना सीमित छ। तर, आफूले खरिद गरेको बीमालेखको मुख्य विशेषता के–के हुन्, कस्तो प्रकारको जोखिम समेटिएको छ, कस्तो अवस्थामा कति रकम भुक्तानी पाइन्छ, बीमा नवीकरण नगर्दाको बेफाइदा के हुन्, बीमालेख समर्पण गर्नु हुन्छ कि हुन्न, बीमालेखको धितोमा कर्जा सुविधा पाइन्छ वा पाइँदैन, कस्तो अवस्थामा कर्जा प्राप्त गर्न सकिन्छ ? यस्ता महत्वपूर्ण जानकारीबाट आमबीमित वञ्चित रहने गरेका छन्।

१० लाखको बीमा गर्नुहोस् न, १५ वर्षमा त डब्बल भई हाल्छ नि भनेर अधिकांश बीमालेख बिक्री गरिएको हुन्छ। जहाँ बीमितलाई बीमकले कसरी बीमाशुल्क लगानी गर्छ, कति प्रतिफल प्राप्त गर्छ, प्रतिफलको बाँडफाँट कसरी हुन्छ ? भन्नेबारेमा विल्कुलै ज्ञान हुँदैन। १५ वर्षपछि जब बीमितले रकम भुक्तानी पाउने समय आउँछ तबमात्र बीमितले आफू अभिकर्ता र बीमकबाट ठगिएको महसुस गर्छ।

व्यावसायिक रुपमा अग्रणी र पुराना भनिएका जीवन बीमकले समेत जीवन बीमाका अन्य फाइदाभन्दा पनि बोनस दर (प्रतिफल)लाई बजारीकरणको अस्त्र बनाउँदा सर्वसाधारण ‘कुहिरोको काग’झैँ भएका छन्।

कुनै पनि जीवन बीमा कम्पनीको भविष्यको बोनस दर कति हुन्छ भन्ने तथ्य अनुमान गर्ने वा प्रक्षेपण गर्न सकिने तर ठोकुवा गर्न नसकिने विषय हो। जीवन बीमकले विगतमा लगानीबाट प्राप्त गरेको औसत प्रतिफल दर, भविष्यका लागि लगानी गरेर सुनिश्चित गरेको प्रतिफल, व्यवस्थापनलगायतका खर्चको भार, बजारको ब्याज दरलगायतको प्राविधिक विषयसँग प्रत्यक्ष रुपमा बोनस दर जोडिएका हुन्छन्।

आज वार्षिक १० प्रतिशत ब्याज दरमा मुद्दति निक्षेपमा लगानी गरेको जीवन बीमकले अर्को वर्ष कति प्रतिशत ब्याजदरमा मुद्दति निक्षेप लगानीको अवसर प्राप्त गर्नेछ भन्ने सुनिश्चित गर्न कठिन हुन्छ। वास्तविकताको नजिक नजिक पुग्ने गरी अनुमानमात्र लगाउन सकिन्छ। त्यसैले अभिकर्ताले डब्बल प्रतिफलको प्रचारबाजीभन्दा जोखिम बहनको पक्षलाई विस्तारै जनमानसमा बुझाउँदै लैजानुपर्छ, बोनश दरलालाई गौण बनाएर।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS