IME Life New

बीमकको उच्च नेतृत्वमा महिला मुहार, निगाहमा होइन आफ्नै बलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वदेशी निर्जीवन बीमक र पुनर्बीमा कम्पनीको उच्च नेतृत्वमा आशा लाग्दो गरी महिला अनुहार देखिन थालेको छ। नेपालको बीमा उद्योगको ७५ वर्ष लामो इतिहास भइसक्दा अनुभवले निखारिएका महिलाहरू अब उच्च व्यवस्थापन तहमा योग्यताको आधारमा जिम्मेवारी प्राप्त गर्न थालेका छन्। यहाँ स्वदेशी बीमकहरूको नायब प्रमुख कार्यकारी र प्रमुख कार्यकारी अधिकृत पदमा रहेका महिला नेतृ बारे केही जानकारी समेट्ने प्रयास गरिएको छ।

प्रमुख कार्यकारी अधिकृत महिलाः

नेपालमा बीमा क्षेत्रकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत बन्ने साैभाग्य प्राप्त उपासना पाैडेल, अहिले निजी क्षेत्र प्रवर्द्धित हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छिन्। त्यस अघि नै उनले युनाइटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर नेपालको बीमा इतिहासमै पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्ना नाम दर्ज गरि सकेकी थिइन् । उनले भारतबाट उच्च शिक्षाको अध्ययन पुरा गरेकी छिन् । उनीसँग दूर सञ्चार सेवाको प्रवर्द्धन र निर्जीवन बीमा कम्पनीमा काम गरेको अनुभव छ।

Esewa
Crest

पाैडेलले पुनर्बीमा कम्पनीको नेतृत्व सम्हालि रहँदा हिमालयन एभरेष्ट इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत पदमा अन्जु श्रेष्ठले विगत पाँच महिनादेखि नेतृत्व गरिरहेकी छिन् । उनीसँग  बीमा क्षेत्रमा २९ वर्ष भन्दा लामो अवधिको अनुभव छ। श्रेष्ठले फेब्रुअरी २८, १९९६ मा सहायक अधिकृतको रूपमा आफ्नो करियर शुरु गरेकी हुन्। त्रिभूवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको उपाधी हासिल गरेकी श्रेष्ठ हिमालयन इन्स्योरेन्समा प्रवेश गर्नु अघि हिमालयन बैंकबाट जागिरे जीवन शुरू गरेकी थिइन् ।

नायब प्रमुख कार्यकारी महिलाः

इजाजत प्राप्त १४ निर्जीवन बीमक सञ्चालनमा रहेकोमा, प्रमुख कार्यकारी भन्दा नायब प्रमुख कार्यकारी अधिकृत पदमा तुलनात्मकरूपमा केही बढी महिला अनुहार छन् । बीमा क्षेत्रमा २ दशक लामो अनुभव संगालेकी सबिता मास्के, शिखर इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत हुन् । उनी नेपालकी पहिलो एसीसीआइ चार्टर्ड बीमक महिला हुन्। आफ्नो करियरको क्रममा, उनले बीमा कम्पनीका विभिन्न विभागहरूमा काम गरेकी छिन् । उनीसँग ५ वर्ष मोटर सवारी बीमा, १२ वर्ष अग्नी बीमा र झण्डै ५ वर्ष प्रशासन सञ्चालन गरेको अनुभव छ। उनले इन्स्योरेन्स इन्स्टिच्युट नेपाल, नेपाल व्यवस्थापन संघ, निजामती कर्मचारी प्रशिक्षण केन्द्रद्वारा आयोजित बीमा सम्बन्धी प्रशिक्षण कक्षाहरू समेत सञ्चालन गर्दै आएकी छिन् ।

स्वदेशी निर्जीवन बीमकको अर्की नायब प्रमुख कार्यकारी महिला हुन्,  युनाइटेड अजोड इन्स्योरेन्सकी रिना रिजाल । उनीसँग बैंक र बीमा दुबै क्षेत्रमा उच्च व्यवस्थापन तहमा रहेर काम गरेको अनुभव छ। २०५७ सालमा एभरेस्ट इन्स्योरेन्समा अधिकृतको रूपमा काम गर्न थालेकी उनी त्यसपछि कुमारी बैंक ११ वर्ष लामो अवधिसम्म सेवारत रहिन् ।करिब चार वर्षको विश्रामपछि सानिमा जनरल इन्स्योरेन्समा उपमहाप्रबन्धकका रूपमा पुनः बीमा क्षेत्रमा प्रवेश गरेकी उनले सानिमा र जिआइसी इन्स्योरेन्सको मर्जरपछि केही समय काम गरेर उनी गत माघ महिनादेखि युनाइटेड अजोड इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी पदमा नियुक्त भएकी हुन् । उनले अमृत साइन्स कलेजबाट उच्च शिक्षा हासिल गरेकी हुन् ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा वरिष्मा साउद आचार्य नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छिन्। आचार्यसँग साबिक सगरमाथा इन्स्योरेन्समा वरिष्ठ नायब प्रमुख कार्यकारी र लुम्बिनी जनरल इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत पदमा काम गरेको अनुभव छ। उनले बीमा क्षेत्रमा २ दशकभन्दा बढी लामो अनुभव हासिल गरि सकेकी महिला हुन्।

१४ निर्जीवन बीमकमध्ये, भारतीय निर्जीवन बीमकको नेपाल शाखा, द ओरिएण्टल इन्स्योरेन्स लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृत छिन्, सिरिशा मोरूजोला । द ओरिएण्टल इन्स्योरेन्स इण्डियाका अनुसाार उनले सन् २०१२ डिसेम्बर १७ तारेखदेखि प्रशासकीय अधिकृत पदबाट जागिरे जीवन शुरू गरेकी हुन् ।

पुनर्बीमा दलालः

आम सञ्चारमा धेरै चर्चा नहुने गरेको भएपनि नेपालमा अन्य थुप्रै विषयमा औपचारिक शिक्षा हासिल गरेसँगै व्यवस्थापन विषयमा विद्यावारिती प्राप्त गरेकी संभवतः एक मात्र बीमाकर्मी महिला हुन्, डा. रमा दाहा। उनी अनुभवका हिसाबले निर्जीवन र पुनर्बीमा विज्ञ हुन्। हाल उनले मलेशियामा मुख्यालय रहेको पुनर्बीमा दलाल सिनर्जी रिइन्स्योरेन्स लाबुवान लिमिटेडको नेपाल प्रमुखको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । उनी इन्स्योरेन्स इन्स्टिच्युट नेपालको सञ्चालक समिति सदस्य समेत हुन् । दाहालले जीवन बीमक प्राइम लाइफ इन्स्योरेन्स र निर्जीवन बीमक एभरेष्ट इन्स्योरेन्स कम्पनीमा समेत काम गरि सकेकी छिन्। कानून व्यवसायी समेत रहेकी उनले इन्स्योरेन्स इन्स्टिच्युट इण्डियाबाट फिलोशिप प्राप्त गरेकी छिन् । यसबाहेक उनले बेलायतको चार्टर्ड इन्स्योरेन्स इन्स्टिच्युट युकेबाट पनि एसिसिआइ उपाधि हासिल गरेकी छिन् । विभिन्न विषयको अध्ययनमा रूची राख्ने दाहालले त्रिभूवन विश्वविद्यालयबाट मास्टर्स अफ आर्टस इन एन्थ्रोपोलोजी, सोसियोलोजीको अध्ययन समेत पुरा गरेकी छिन्।

बीमा कम्पनीमा नायब प्रमुख कार्यकारी र कार्यकारी पदमा औंलामा गन्न सकिने संख्यामा महिला हस्ताक्षर उपस्थित भएपनि महाप्रबन्धक, प्रबन्धक र अधिकृत पदमा महत्वपूर्ण जिम्मेवारी सहित उल्लेख्य संख्यामा महिला कर्मचारी देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS