IME Life New

सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्यो महालक्ष्मी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरणअनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ । पछिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको कोष लागत ७.६२ प्रतिशत थियो। कोष लागत प्रतिशत कम हुँदा सोको सकरात्मक असर आधारदरमा समेत परेको छ। जसअनुसार बैंकको आधारदर चैत मसान्तसम्म ७.१४ प्रतिशत रहेको छ। जुन प्रायः बैंकहरुभन्दा कम रहेको छ। बैंकको आधारदर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदरसमेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन्।

Esewa
Crest

त्यसैगरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनत्तम पुँजी कोषका्े तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पुँजी कोष चालु आर्थिक वर्षको चैत मसान्तसम्म १५.७५ प्रतिशत रहेको छ। जुन अघिल्लो वर्ष चैत्र मसान्तमा १२.७५ प्रतिशत थियो। न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरुलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ। यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनहरुमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने देखिन्छ।

हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ भने आगामी दिनहरुमा बैंकले आफ्ना वित्तीय सेवालाई थप प्रविधिमैत्री बनाउँदै जानेसमेत बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS