IME Life New

प्रतिव्यक्ति आय साढे १६ लाख पुर्याउने सरकारको सपना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले अबको २० वर्षमा प्रतिव्यक्ति आय साढे १६ लाख पुर्याउने सपना बुनेको छ।

राष्ट्रिय योजना आयोगले तयार पारेको १६ औँ राष्ट्रिय योजना प्रतिवेदनअनुसार सन् २०४३।४४ सम्ममा नेपालमा प्रतिव्यक्ति आय वार्षिक १२ हजार १०० अमेरिकी डलर (अर्थात् १६ लाख ४५ हजार रुपैयाँ बढी) पुग्ने प्रक्षेपण गरिएको हो। सन् २०२३।२४ मा प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर (करिब २ लाख रुपैयाँ) रहेको थियो।

Esewa
Crest

प्रतिवेदनअनुसार सन् २०२३।२४ को तुलनामा सन् २०४३।४४ मा प्रतिव्यक्ति आय ७३१ प्रतिशतले बढ्नेछ। विश्व बैंकको प्रक्षेपणअनुसार भने सन् २०२३ मा नेपालमा प्रतिव्यक्ति आय १ हजार ३३७.६ डलर (करिब १ लाख ८२ हजार रुपैयाँ) रहेको छ।

पछिल्लो समय देखिएको आर्थिक सुस्तताका कारण विश्व बैंकले सन् २०२३ मा नेपालमा प्रतिव्यक्ति आय घटाएको छ। अघिल्लो वर्ष सन् २०२२ मा विश्व बैंकले नेपालमा प्रतिव्यक्ति आय १ हजार ३८५.९ डलर (करिब १ लाख ८९ हजार रुपैयाँ) कायम गरेको थियो।

राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर अबको २० वर्ष अर्थात सन् २०४३।४४ मा १०.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। जब कि २०२२।२३ मा नेपाल आर्थिक वृद्धिदर ३.५ प्रतिशतमात्रै रहेको थियो।

(नोटः अमेरिकी डलरको हालको विनिमय दरअनुसार नेपाली मुद्रामा)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS