IME Life New

राष्ट्रिय जीवन बीमा कम्पनीको बोनस दर घोषणा, सबै बीमालेखमा रु. ६०

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०६९।७० सम्मको बोनस दर घोषणा गरेको छ।

नेपाल बीमा प्राधिकरणको २०८० माघ १७ गतेको पत्रबाट प्राप्त स्वीकृतिका आधारमा कम्पनीले उक्त आर्थिक वर्षका लागि बोनस दर घोषणा गरेको हो।

Esewa
Crest

कम्पनीको आव २०६७।६८ देखि २०६९।७० सम्मको इनफोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा प्राधिकरणले स्वीकृत गरेको छ। सोहीअनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस दर गरी) जारी गरेको सबै किसिमका बीमालेखमा आव २०८१।८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ दर कायम गरिएको कम्पनीले जनाएको छ।

बोनस दर बीमांकीय मूल्यांकनका आधारमा परिवर्तनशील रहने पनि कम्पनीले स्पष्ट पारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS