IME Life New

जीवन बीमा सम्बन्धी भ्रम र यथार्थ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भ्रमः जीवन बीमा कम्पनी भाग्छ, डुब्छ।

यथार्थः जीवन बीमा कम्पनी कहिल्यै भाग्ने डुब्ने हुँदैन। नेपालमा मात्र होइन विश्वको कुनै पनि देशमा बीमा कम्पनी भागेको रेकर्ड छैन। बीमा कम्पनी सरकार मातहत रहेको बीमा प्राधिकरणअन्तर्गत दर्ता भएर प्राधिकरणको नियम, कानुन र दायराभित्र रहेर काम गरेका हुन्छ। यसको जीवन बीमा कोष, जगेडा कोष, महाविपत्ति कोषलगायतको विभिन्न कोषले आपातकालीन आवस्थामा पनि कम्पनी सुरक्षित रहन्छ।

Esewa
Crest

त्यस्तै बीमा कम्पनीले पुनर्बीमा गरेको हुन्छ। त्यसले भोलि कथंकदाचित धेरै दाबी परेको खण्डमा पुनर्बीमाले सहयोग गर्दछ। अतः बीमा कम्पनी आन्तरिक रुपमा, बाहिरी रुपमा र सरकारी नियम कानुनको परिधिभित्र रहेर काम गर्ने हुँदा बीमा कम्पनी कहिल्यै भाग्दैन।

भ्रमः जीवन बीमाको किस्ता महँगो हुन्छ।

यथार्थः कम्पनीको किस्ता महँगो हुनुमा बीमांक, उमेर, पेसा, अतिरिक्त सुविधाले फरक पार्ने हुँदा केही महँगो जस्तो लाग्छ। तर, सामान्य अवस्थामा बीमाको किस्ता महँगो हुँदैन।

भ्रमः जीवन बीमा गर्न धेरै पैसा चाहिन्छ।

यथार्थः मान्छेले आफ्नो कमाइअनुसार थोरैमा रु. ५० हजार बीमांकदेखि गर्न सक्छन्। जसको किस्ता वार्षिक रु. ३ हजार ६०० जति पर्छ। जुन हिसाबले मासिक रु. ३०० मात्र हो। जसलाई मान्छेले १ दिनको खाजा खर्च कटाएर पनि गर्न सक्छन्। त्यस्तै धेरै कमाइ भएको मान्छेले धेरैको गर्न सक्छन्। त्यसैले बीमा गर्न धेरै पैसा चाहिँदैन। बीमा जसले पनि गर्न सक्छन्।
भ्रमः बीमाले केही विपत् परे ढिलो पैसा दिन्छ।

यथार्थः बीमा कम्पनीको नीति केही गरी बीमितलाई आपत् विपत् परे ढिलो पैसा दिने भन्ने हुँदैन। बीमा कम्पनीमा ढिलो सूचना आउने, आइहाले पनि पूरा कागजात नपठाउने, कतिपय अवस्थामा घटना शंकास्पद देखिने र उक्त घटनाको जाँच गर्दा ढिलो हुनेजस्ता कारण पैसा ढिलो आउने कारण हुन्छ। तर, सामान्य अवस्थामा घटनाको यथार्थ विवरण समायमै आउने, कागजात पुगेको खण्डमा बीमा कम्पनीले छिटोभन्दा छिटो दाबी भुक्तानी दिन्छ। बीमा कम्पनीले २४ घन्टाभित्र पैसा दिएको इतिहास पनि छ। कोरोनाकालमा संक्रमित मान्छे मर्दा कतिपय कम्पनीले २४ घन्टाभित्र पैसा दिएका थिए।

भ्रमः अभिकर्ताको जे पनि भन्छन्, ढाँट्छन् !

यथार्थः अभिकर्ता भनेको कम्पनीको सेवा–सुविधाका बारेमा घर–घरमा गएर जनचेतना जगाउने बीमाको दूत हुन्। उनीहरुले बीमा प्राधिकरणको अभिकर्ताको काम, कर्तव्य र नियमभित्र रहेर कानुनअनुसार कार्य गरेका हुन्छन्। एकातिर कानुनअनुसार काम गरेका हुन्छन् भने अर्कोतिर उनीहरुको आफ्नै भविष्य, परिवारको भविष्य र कम्पनीको भविष्य र साख गाँसिएको हुँदा बीमा अभिकर्ताले ढाँट्ने कुरै आउँदैन। त्यस्तै परे बीमित अभिकर्तासँग थप जानकारीका लागि कम्पनी पनि जान सक्छन् र त्यसका लागि अभिकर्ताले मद्दत गर्नुपर्छ।

भ्रमः बीमा कम्पनीले बीमा सकिएपछि पैसा ढिलो दिन्छ।

यथार्थः बीमा कम्पनीले समय सकिएकै दिन पैसा दिन्छ। बीमा कम्पनीले आउँदो मितिमा कसको बीमाको समय सकिन्छ भनेर तयारी गरी उही दिनमा दिन व्यावस्था मिलाएको हुन्छ। कम्पनीको पूर्वतयारीले गर्दा बीमितलाई बीमा अवधि सकिएको दिनमा पैसा दिने काम हुन्छ।

अतः त्यसैले बीमा कम्पनी र बीमामा गरिएको लगानी अत्यन्तै सुरक्षित र भरपर्दो हुन्छ।

(लेखक राजकुमार दाहाल रिलायबल नेपाल लाइफका ब्रान्च म्यानेजर हुन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS