IME Life New

बीमा नगरे के हुन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बचत हुँदैन। आफूसँग भएको पैसा घरमा राखिन्छ। त्यो पैसा यता–त्यता गरेर मासिन्छ। बचत नभएपछि गरिबको गरिबी नै भइन्छ।

बचत नभएपछि अतिरिक्त ब्याज आउँदैन। सधैँ अभावै–अभावमा जिन्दगी जान्छ। स्ट्यान्डर्ड लाइफ जिउन पाइँदैन।

Esewa
Crest

कहिले–काहीँ पैसाको साह्रै खाँचो परे आफूसँग नभएपछि ३–४ रुपैयाँ ब्याजमा पैसा खोज्नुपर्छ। आफूले कमाएको पेसा जति अरुलाई ब्याज तिर्दै ठिक्क हुन्छ।

पैसा भनेजति जम्मा नभएको खण्डमा भविष्यको डर हुन्छ। भविष्यमा पैसा नभए कसले हेर्ला भन्ने पीर–चिन्ताले सताउँछ। चिन्ताले चितासम्म पुर्याउन बेर लाग्दैन।

बीमा नगरे छोरा–छोरीको भर पर्नुपर्छ। भोलि छोरा–छोरीले हेरिदिएनन् भने घरको न घाटको भइन्छ।

आफूसँग पैसा नभए भोलि बुढेसकालमा छोरा–बुहारीको माया–सम्मान पाइँदैन। भ्यालु कम हुन्छ।

भोलि बुढेसकालमा आफूलाई मन लागेको कुरा खान, मन लागेको कुरा लगाउन र मन लागेको ठाउँमा जान पाइँदैन। मन मार्नुपर्छ।

बीमा नगरे आफू मरेपछि छोरा–छोरी बिचल्ली हुन्छन्। आफ्नो बच्चाको पढाइ आर्थिक अभावले पूरा हुँदैन।

रोग लागेको खण्डमा पैसाका कारण उपचार अभावमा मर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ।

दुर्घटना भएर हस्पिटल भर्ना भएको खण्डमा उपचार खर्चका लागि ऋण लिनुपर्छ। पछि त्यही ऋणले घर–खेत लैजान्छ।

अपांग भएको खण्डमा खाना, उपचार र अरु खर्चका लागि परिवारलाई आफन्त साथीभाइसँग भिखका लागि याचना गर्नुपर्छ।

समग्रमा बीमा नगर्नु भनेको भोलिको भविष्य अन्धकारमा राख्नु हो। विपत्तिलाई निम्त्याउनु हो। आफू, आफ्नो परिवार र समाजलाई दुःखमा राख्नु हो।

त्यसैले आजै नजिकैको अभिकर्तालाई सम्पर्क गरेर आफ्नो बीमा गरी बीमा कम्पनीमा बचत गरौँ। बीमा सबैका लागि अपरिहार्य छ।

लेखक: राजकुमार दाहाल रिलायबल नेपाल लाइफका ब्रान्च म्यानेजर हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS