Connect IPS
IME Life

आइएमई लाइफको लम्की शाखाद्वारा घातक रोग वापतको बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लम्की शाखाले घातक रोग बीमा दाबी वापत भुक्तानी गरेको छ । कम्पनीका एजेन्सी म्यानेजर धर्मराज खनाललाई ५ लाख रुपैयाँ घातक रोग दाबी वापत हस्तान्तरण गरेको हो । सुदुरपश्चिम प्रदेश प्रमुख प्रसाद तिमिल्सिना र क्षेत्रिय शाखा प्रबन्धक तुल्सी देबकोटाले सयुक्त रुपमा चेक हस्तारण गरेका हुन् ।

एजेन्सी म्यानेजर धर्मराजले आफ्नी छोरी कामना खनालको २०८० साल श्रावण ३२ गते १५ वर्षे पाँच लाख बीमाङ्ग रकमको आइएमई बाल उज्ज्वल साबधिक जीवन बीमा गरेको थिए । उनले पहिलो किस्ता ३१ हजार ९७२ रुपैयाँ बुझाए थिए । उनलाई अहिले दाया खुट्टाको घुडा मुनी क्यान्सर देखिएको छ । बीमा गर्दा बुबा प्रस्ताबक वा संरक्षक बसेकाले यो सुविधा पाएका हुन् ।

Prabhu
Crest

बीमा रकम बुझेपछि एजेन्सी म्यानेजर धर्मराज खनालले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिना झनझट छोटो समयमा घातक रोग बाफतको रकम भुक्तानी गरेकोमा धन्यवाद दिए ।

लम्की शाखा प्रमुख बल बहादुर थापाले संञ्चालन गरेको कार्यक्रममा आइएमई लाइफ सुदुरपश्चिम प्रदेश बिजनेस हेड सुमन प्रसाद तिमिल्सना। क्षेत्रिय शाखा प्रमुख तुलसी देबकोटा , एजेन्सी म्यानेजर भिम बहादुर शाही लगायतका एजेन्सीहरुको उपस्थिति थियो ।

प्रदेश प्रमुख तिमिल्सनाले बीमा बचत र लगानी हो भन्दै थोरै लगानीमा धेरै ठुलो सुरक्षा लिन सकिने बताएका थिए । यस कम्पनीमा अन्य बीमा कम्पनीको भन्दा थुप्रै फरक पूरक करार सुबिधाहरु भएको बीमा पोलिसी रहेको जानकारी गराए ।

क्षेत्रीय शाखा प्रबन्धक तुलसी देबकोटाले एजेन्सी पेशा समाज सेवाको पेशा रहेको बताए । यस कम्पनीमा विभिन्न प्रकारका जीवन बीमा योजना रहेको र जसलाई जुन योजना आवश्यक छ त्यहि योजनाको बीमा गराउने र अहिलेको क्षमता भोलीको आवश्यकतालाई मनन गरी बीमा योजना लिदा जीवन बीमाको उद्देश्य पूरा हुने भएकाले रहेक व्यक्तिलाई जीवन बीमा आवश्यक रहेको बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS