GBIME
IME Life

मेट लाइफका ग्राहकले १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवामा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न डिजाइन गरिएको एक विशेष अभियान सीमित अवधिको लागि सुरु गरेको छ । यस अभियान अन्तर्गत सक्रिय ग्राहकहरुलाई डिजिटल लाइफ कार्ड सेवा तुरुन्त उपलब्ध गराइने जनाइएको छ । यो विशेष अफरको लागि योग्य हुन, मेटलाइफका ग्राहकहरूले आफ्नो कुनै पनि जीवन बीमा पोलीसीको असार ३१ गतेअघि आफ्नो बीमाशुल्क तिर्नु पर्नेछ । उनीहरूले वान बाई मेटलाइफ एपमा दर्ता र लग इन गरेर भुक्तानी गरेको भोलिपल्टै आफ्नो डिजिटल लाइफ कार्ड प्राप्त गर्न सक्नेछन् । यो सुविधाद्वारा ग्राहकहरूले तुरुन्तै आफ्नो स्वास्थ्य आवश्यकताहरूलाई पूर्ति गर्न विभिन्न छुटहरुको फाइदा लिन सक्नेछन्।

लाइफ कार्डले ग्राहकहरूलाई अस्पताल, क्लिनिक, स्वास्थ संस्था र स्पा सहित १०० भन्दा बढी स्वास्थ्य र कल्याण केन्द्रहरूमा छुट दिन्छ । यस पहलले मेटलाइफ नेपालको परम्परागत बीमा कभरेजभन्दा बाहिरका महत्त्वपूर्ण लाभहरू प्रदान गर्दै ग्राहकहरूलाई सुलभ रुपमा स्वास्थ सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ ।

SKYWELL
Crest

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक श्री निर्मलकाजी श्रेष्ठले भने, “यस अभियान मार्फत हामीले हाम्रा ग्राहकहरुका लागि स्वास्थ्य सेवालाई सहज बनाउँदैछौँ । यसले हाम्रा ग्राहकहरूमा पार्ने सकारात्मक प्रभावको बारेमा हामी उत्साहित छौं र उनीहरूको स्वास्थ्य सेवामा पहुच पुर्याउने तरिकाहरूमा नवप्रवर्तन गर्न जारी राख्न तत्पर छौं ।“

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS