IME Life New

सिटिजन लाइफले ल्यायो ‘सिटिजन बचत वृद्धि योजना’, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सिटिजन बचत वृद्धि योजना’ आज आइतबारबाट सार्वजनिक गरेको छ। यो एउटा युनिभर्सल जीवन बीमा योजना हो। जसले भविष्यका लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थिक क्षतिबाट बीमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य पनि सुरक्षित गर्दछ।

सबैद्वारा समान बीमाशुल्कमा खरिद गर्न सकिने यस जीवन बीमा योजना अन्तराष्ट्रिय बजारमा निकै नै प्रचलित छ। यसअघिको बीमा योजनाहरुमा उमेरका आधारमा बीमाशुल्क फरक हुने गरेकोमा यस नयाँ योजनामा उमेरका कारण बीमाशुल्क फरक नहुने कम्पनीले जनाएको छ। यस योजनामा लोयल्टी रिवार्डसमेत समावेश गरिएको छ।

Esewa
Crest

सिटिजन लाइफमा भएका उत्कृष्ट योजनाहरुमध्ये सिटिजन बचत वृद्धि योजना पनि एउटा हो। थोरै लगानी गरी धेरै लाभ उठाउन सकिने यस योजनामा सारिक हुनका लागि न्यूनतम उमेर १८ वर्ष पुगेको हुनुपर्नेछ भने अधिकतम उमेर ५५ वर्ष रहेको छ र यस योजनाको म्याचुरिटी ७० वर्षसम्ममा हुने व्यवस्था रहेको छ।

यस योजनमा बीमाशुल्क भुक्तानी गरेबापत यस योजनाको सर्त तथा बन्देजको अधीनमा जुन घटना घटेमा भुक्तानी दिने भनिएको हो। सो घटना घटेमा बीमांक रकम वा अकाउन्ट भ्यालु बीमितलाई भुक्तानी गरिन्छ। बीमांक रकम भन्नाले बीमालेखअन्तर्गत बीमितको मृत्युलाभ निर्धारण गर्नका लागि बीमालेखको अनुसूचीमा उल्लेखित बीमाको रकमलाई बुझिन्छ। अकाउन्ट भ्यालु भन्नाले बीमाशुल्कबाट बीमा रक्षावरण शुल्क, प्रशासनिक खर्चहरु र बीमाशुल्कसँग सम्बन्धित खर्चहरु (यदि भएमा) घटाई, लगानी आय र लोयल्टी रिवार्डलाई जोडी आउने सञ्चित रकम भनेर बुझिन्छ।

यस बीमा योजनामा न्यूनतम वार्षिक बीमाशुल्क १२ हजार रुपैयाँ रहेको छ र न्यूनतम बीमा अवधि १० वर्ष रहेको छ। बीमितले बीमाशुल्क एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिक रुपमा बुझाउन पाउने वयवस्था रहेको कम्पनीले जनाएको छ।

कम्पनीले थप सुविधा ‘दुर्घटनाबाट मृत्युलाभ, स्थायी पूर्ण अशक्तता लाभ, स्थायी आंशिक अशक्तता लाभ’ पनि यसै योजनाभित्र समावेश गरेको छ। पुराना योजनाहरुमा स्थायी पूर्ण अशक्तता हुँदामात्र लाभ पाइन्थ्यो भने यस योजनामा स्थायी आंशिक अशक्तता हुँदा पनि लाभ पाइने व्यवस्था रहेको छ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय थापाथलीमा आज आयोजित कार्यक्रममा सञ्चालक समिति र व्यवस्थापन समूहद्वारा यस नयाँ योजना सार्वजनिक गरिएको हो। कम्पनीले समान्य जनतामाझ बचतको भावनालाई प्रेरित गर्न र आम जनतालाई बीमामैत्री बनाउनका लागि यस योजना ल्याइएको जनाएको छ। बीमा योजनाहरुले प्रदान गर्ने अतिरिक्त बचत र भविष्य (केन्द्रित लाभहरु चाहने व्यक्तिहरुका लागि यस सिटिजन बचत वृद्धि योजना एक उत्कृष्ट विकल्प हो। यस योजनाको विस्तृत विवरण कम्पनीको वेबसाइटमा पनि उपलब्ध छ। साथै, यस योजनाबारे थप जानकारीका लागि नजिकै रहेको सिटिजन लाइफ इन्स्योरेन्सको शाखा र उपशाखा कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS