IME Life New

एशियन लाइफद्वारा १० लाख ५९ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धादिङ शाखा कार्यालयले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं ५ मा बसोबास गर्ने स्व.विष्णु बहादुर श्रीमलको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरिएको हो ।

स्व.विष्णुको नीलकण्ठ नगरपालिका ५ पाल्पाली टोल दाउन्ने खोला नजिक आइचर ट्रक दुर्घटनामा परी उपचारको क्रममा यही वैशाख ४ गते असामयिक निधन भएको थियो । सोही अनुरुप कम्पनीले बीमा रकम ५ लाख, दुर्घटना बापतको रकम ५ लाख, बोनश रकम ५९ हजार २३७ रुपैयाँ सहित जम्मा १० लाख ५९ हजार २३७ रुपैयाँको चेक मृतककी श्रीमती मुना श्रीमललाई आज असार ५ गते हस्तान्तरण गरेको हो ।

Esewa
Crest

उक्त शाखाले पतेनि आधारभूत विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गर्दै धादिङ शाखा प्रबन्धक प्रकाश ढुङगाना पतेनी आधारभूत विद्यालयका प्रधानाध्यापकसहित सम्पूर्ण शिक्षकहरु,एशियन लाइफ इन्स्योरेन्स शाखा कार्यालयका कर्मचारीहरु,बिजनेस म्यानेजरहरु तथा त्यस ठाउँका समाजसेवी बुद्धिजीवीहरुको उपस्थितीमा उक्त चेक हस्तान्तरण गरेको हो ।

स्व.बिष्णुले २०७८ फागुन ३० गते २० बर्षको लागि ५ लाख बीमाङकको एशियन सावधिक जीवन बीमा गरि तेस्रो किस्ता सम्म ८० हजार ३९७जम्मा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS