IME Life New

नेपाल लाइफले दुई आर्थिक वर्षको साधारणसभा असार १८ मा गर्ने, २१.०५% लाभांश पारित गर्ने मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई आर्थिक वर्ष (आव) को वार्षिक साधारणसभा एकैपटक डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आव २०७८।७९ र २०७९।८० को २३ औँ र २४ औँ वार्षिक साधारणसभा एकैपटक डाकेको हो।

साधारणसभा आउँदो असार १८ गते डाकिएको छ। सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा बिहान ९ बजेबाट हुनेछ।

Esewa
Crest

सभाले आव २०७९।८० का लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्तापुँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) का शेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का शेयरधनीका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको प्रस्ताव सभाले पारित गर्नेछ। कम्पनी नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन÷परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। अध्यक्षको अनुमतिले अन्य कुनै प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

यसैगरी सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आव २०७८।७९ र आव २०७९।८० को वार्षिक कार्यप्रगति प्रतिवेदन पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८।७९ र आव २०७९।८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणउपर छलफल गरी सभामा स्वीकृत गरिनेछ।

सभाले सञ्चालक समितिको अनुरोधमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त स्वीकृतिअनुरूप आव २०७९।८० का लागि लेखापरीक्षक एसएआर एसोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्नेछ । सभाबाटै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरिनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ३ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS