IME Life New

नेपाल लाइफ बागलुङ उप-शाखाद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ उपशाखाले बागलुङको काठेखोला गाउँपालिका ५, बिहुँ स्थित नवयुबक आधारभुत विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरि कम्पनीको बागलुङ उपशाखाद्वारा उक्त विद्यालयका सबै विद्यार्थीलाई झोला, कापी लगायतका शैक्षिक सामाग्री बितरण गरेको हो ।

कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको कम्पनिका बागलुङ उपशाखा प्रबन्धक हरि प्रसाद काफ्लेले जानकारी दिए । काफ्लेले उपस्थित स्थानिय ब्यक्तिहरुलाइ जीवन बीमाको बारेमा समेत प्रष्ट पारेका थिए ।

Esewa
Crest

कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिती नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका केन्द्रिय उपाध्यक्ष एवम् कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर राम शरण पोख्रेलले बीमा कम्पनीले गर्ने हरेक सामाजिक कार्यक्रमहरुले समाजमा जीवन बीमाको बारे सकारात्मक जनचेतना फैलने बताए ।

उक्त कार्यक्रममा काठेखोला गाउँपालिका ५ का बडा अध्यक्ष ज्ञामनाथ कंडेल, निवर्तमान वडा अध्यक्ष शिव प्रसाद कंडेल, विद्यालय ब्यवस्थापन समिती अध्यक्ष मोहन प्रसाद पुन, विद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटा, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका बागलुङ शाखा प्रमुख कृष्ण शर्मा पौडेल, स्थानिय सामाजिक ब्यक्तित्वहरु भरत प्रसाद सापकोटा, बिश्वपती शर्मा लगायतको उपस्थिती थियो ।

यस अघि कम्पनीको बागलुङ उपशाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङ स्थित दालपोखरी प्राथमिक विद्यालय र बागलुङ नगरपालिका ९, तित्याङ स्थित इन्द्र प्राबीका सबै विद्यार्थीलाई गरि कुल १ सय ४५ जना विद्यार्थिलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS