IME Life New

हिमालयन लाइफद्वारा बीमा दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले मोरङको पथरी शाखाबाट पीएबी वापतको दाबी भुक्तानी गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका ३ मा बसोबास गर्दै आएका शरण बहादुर तामाङले ५ महिना अगाडी मात्रै एजेन्सी फुरुमाया तामाङ मार्फत बीमा गरेका थिए । शरण सिटी सफारी चालक हुन् । उनको सफारी पल्टिएर एक यात्रीको हात समेत पुर्ण रुपले चुडिएको थियो । उनलाई समेत टाउकोमा गम्भिर चोट लागेकोले बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उपचार गराएका थिए ।

उपचार गराउदा लागेको सम्पुर्ण खर्च हिमालयन लाइफको थप करार अन्तर्गत ब्याक्तिगत दुर्घटना बीमालेख को ऐच्छिक सुबिधा अन्तर्गत भुक्तानी गरेको हो । उनको उपचार गर्दा लागेको खर्च ४२ हजार ६९५ रुपैयाँमा सम्पुर्ण खर्च पथरी शाखाबाट कम्पनिका प्रदेश उपप्रमुख भोला कृष्ण मिश्र शाखा प्रमुख प्रेम बोहोरा एमडीआरटी फुरुमाया तामङ मनोज पिठाकोटे मगर, टङ्क प्रधान ,तिलबहादुर धिमाल लगाएत अन्य एजेन्सी सहित उनको घरमा गएर सम्बन्धित ब्याक्तिलाई बीमा दावीको चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

कार्यक्रममा प्रदेश उपप्रमुखले मानिस जन्मनुभन्दा ९ महिना अगाडी थाहा हुने तर मृत्यु ९ मिनेट पछाडी हुदैछ भने पनि कसैलाई थाहा नहुने हुदा घरपरिवार लाई आर्थिक रुपमा ठुलो क्षेती हुने हुदा बीमा सबैका लागी अनिवार्य छ भन्दै सबैलाई बीमा गर्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS