IME Life New

एलआईसी नेपालको वार्षिक साधारणसभा आह्वान, के–के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आफ्नो २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असार १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ। लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९।८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि सभाले अनुमोदन गर्नेछ।

सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ। अध्यक्षको अनुमतिले अन्य कुनै विषयहरुमाथि पनि सभामा छलफल हुनेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब जेठ ३१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS