Connect IPS
IME Life

१६औं बार्षिकोत्सवको अवसरमा हिमालयन लाइफका ६४ जना कर्मचारी सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६औं बार्षिकोत्सवको अवसरमा ६४ जना कर्मचारीहरुलाई सम्मानित गरेको छ । कम्पनीमा १० बर्ष भन्दा बढि सेवा अवधि पुरा गरेका कर्मचारीहरलाई कम्पनीले सम्मानित गरेको हो ।

सम्मानित भएकाहरु कम्पनीको केन्द्रिय कार्यालय, शाखा तथा उपशाखा कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् । कम्पनीले कर्मचारीहरुलाई सम्मानपत्र सहित खादा लगाएर सम्मान गरेको हो ।

Prabhu
Crest

सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले मन्तब्य राख्दै कम्पनीमा लामो समय काम गर्ने कर्मचारीहरुलाई सम्मान गर्ने र आगामी दिनमा समेत निरन्तरता दिईने बताए । कम्पनीले कर्मचारीहरुको लागि सम्मानका साथै बृत्ति विकासमा समेत ध्यान दिईरहेको हुँदा कार्य सम्पादनमा उत्कृष्ठता प्रदर्शन गरेर कम्पनीको गरिमा र प्रतिष्ठा बढाउन प्रमुख कार्यकारी अधिकृत कर्णले जोड दिए ।

सो अवसरमा कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले मन्तब्य व्यक्त गर्दै दक्षता र क्षमताको अधिकतम प्रयोग गरी अनुकरणिय कार्य गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

त्यस्तै कनिष्ठ उपप्रमुख कार्यकारी अधिकृत माधव प्रसाद शर्माले योजनाबद्ध रुपमा काम गर्ने परिपाटीको बिकास गरी कार्यक्षेत्रमा अब्बलता प्रदर्शन गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

कम्पनीको सहायक प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद अधिकारीले शुभकामना मन्तब्य राखेको कार्यक्रमको संचालन जोनल हेड नविन थापाले गरेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS