IME Life New

नेशनल लाइफद्वारा घातक रोग बापत ५० लाख रुपैयाँ भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको तिनकुने शाखाले घातक रोग वापतको दाबी भुक्तानी गरेको छ । शिब शतासि धाम नगरपालिका ११ झापामा जन्मिएका हाल काठमाडौं महानगरपालिका ३२ मा बसोबास गर्दै आएका राउत क्षेत्री सेवासमाज नेपालका आजिवन सदस्य एबम कुरियर ब्याबसायी बल बहादुर राउतलाई ५० लाख रुपैयाँ घातक रोग वापत हस्तान्तरण गरेको हो ।

उनले नेशनल लाइफमा बिगत ४ बर्ष अगाडी रु ५० लाखको जीवन बीमा र ५० लाखकै जटिल घातक रोग सुबिधा लिएर जीवन बीमा गरेका थिए । उनलाइ केहि समय अगाडी मात्र मलदुवारको क्यान्सर देखापरेपछि हाल राजिबगान्धि अस्पतालमा उपचार गराइहेका छन् ।

Esewa
Crest

कम्पनीको नियम अनुसार सिआइ सुविधा अन्तगत ५० लाख रुपैयाँ उपचार खर्च गर्नको लागि एक कार्यक्रमको आयोजना गरि तिनकुने शाखाका शाखा प्रमुख सुर्य बहादुर श्रेष्ठ र कम्पनीको चिफ बिजनेश म्यानेजर नेत्र बहादुर राउतले संयुक्त रुपमा रु ५० लाखको चेक निज बल बहादुर राउतको छोरीहरुलाइ हस्तान्तरण गरेको हो ।

कार्यक्रममा चिफ बिजनेस म्यानेजर नेत्र बहादुर राउतले जीवन बीमाले हरेक नेपाली नागरिकहरुलाई आपत बिपत परेको बेला,विभिन्न खालको रोग लाग्दा होस वा आर्थिक समस्या परेको समयमा आफु र आफ्नो परिवारलाई आर्थिक भार कम गर्न ठुलो सहयोग गर्ने बताउँदै सबैले आफ्नु क्षमता अनुसार जीवन बीमा गरि आफु र आफ्नो सन्तानको भविष्यमा हुन सक्ने क्षतिबाट बच्नु र बचाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

29%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS