Connect IPS
IME Life

हिमालयन लाइफको बेसीशहर उप–प्रादेशिक कार्यालयद्वारा स्टेसनरी सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १६ औँ बार्षिकोत्सवको अवसरमा बेसीशहर उप–प्रादेशिक कार्यालयले विद्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गरेको छ । हिमालयनले बार्षिकोत्सवको अवसरमा संचालन गरेको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत लमजुङ जिल्लास्थित बेसीशहर नगरपालीका वडा नम्बर ३ मा रहेको लमजुङ मा.वि.मा अध्ययनरत ४० जना छात्र/छात्राहरुलाई स्टेशनरी सामाग्री वापत कापी तथा कलम प्रदान गरेको हो ।

कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण देउजाले हिमालयनको बार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गदैँ कार्यक्रम संचालन गर्नका लागि विद्यालय छनौट गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रमले विद्यार्थीलाई उत्साह प्रदान गरेको साथै उनीहरुको पठन कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । बीमा कम्पनीलाई समाजसँग जोड्न यस्ता कार्यक्रमले सकरात्मक भुमिका निर्वाह गर्ने उनको भनाई थियो ।

Prabhu
Crest

विद्यालयका प्रध्यानाध्यापक सिता वरालले विद्यालयमा कार्यक्रम संचालन भएकोमा खुशी व्यक्त गर्दै यसले विद्यार्थीसँगै सामुदायिक विद्यालयको पठन पाठन एवं नतिजामा सकरात्मक प्रभाव पार्ने बताए ।

कार्यक्रमको प्रमुख अतिथी हिमालयनका गण्डकी प्रदेश उप–प्रमुख सुरेश बरालले संस्थाले १६ औंँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको जानकारी गराएका थिए । कार्यालयले बीमा मात्र नभइ सामाजिक रुपमा समेत आफ्नो उत्तरदायित्व वहन गर्दै आएको बताए । । साथै विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुगोस भन्ने हेतुले सो कार्यक्रम संचालन गरिएको उनको भनाई थियो ।

कार्यक्रममा स्टेशनरी सामग्रीहरु प्राप्त गरेपछि विद्यार्थीहरुले खुशी व्यक्त गरेका थिए । कार्यक्रममा बेसीशहर शाखाका शाखा प्रमुख अमृत बहादुर थापा, कर्मचारी विन्दु माया कुमाल,आश बहादुर गुरुङ, एमडिआरडि सन्तोष श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,शिक्षक, विद्यार्थी साथै अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

हिमालयनले आफ्नो बार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुसँगै संचालन गरेको छ भने विविध कार्यक्रमको आयोजना गरी १६ औँ बार्षिकोत्सव आज जेठ २२ गते मनाउँदैछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS