IME Life New

वार्षिकोत्सवको अवसरमा हिमालयन लाइफको सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १६औं वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश अन्तर्गत इटहरी उप प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको वार्षिकोत्सव जेठ २२ गते रहेको हुँदा कम्पनीले जेठ २१ गते देशव्यापी रुपमा सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दैछ । यस कम्पनीको इटहरी उप प्रादेशिक कार्यालय इटहरीले माया घर नेपालको केन्द्रीय कार्यालय इटहरीमा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापतित्व माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले गरेका थिए भने प्रमुख अतिथि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका इटहरी उप प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र कुमार कर्ण रहेका थिए ।

Esewa
Crest

त्यस्तै विशेष अतिथिमा कम्पनीको इटहरी शाखा प्रमुख कल्पना गुरुङ रहेकी थिइन् । अतिथिको रुपमा इटहरी शाखा कार्यालयका कर्मचारीहरू लगायत इटहरी शाखा अन्तर्गतका एजेन्सी म्यानेजर लगायत एजेन्सीहरूको बाक्लै उपस्थिति रहेको थियो ।

माया घरमा आश्रित भइ बसेका १४० जना लाई खाना खुवाएर कम्पनीले आफ्नो १६ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमकी सभापति सुभद्रा प्याकुरेलले माया घर नेपाल लाई सम्झिएर कर्पोरेट सेक्टर पनि सहयोगको लागि आएकोमा खुशी प्रकट गरिन् ।

साथै इन्स्योरेन्स पनि सेवामुलक समाजिक संस्था रहेको र माया घर पनि सेवामुलक सामाजिक संस्था भएकोले मिलेर अगाडि बढ्नु पर्ने धारणा राख्नु व्यक्र गरिन् ।

हिमालयन इन्स्योरेन्स कम्पनीका इटहरी उप प्रादेशिक कार्यालयको प्रमुख सुरेन्द्र कुमार कर्णले कम्पनीको १६औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गरेको जानकारी गराए ।विभिन्न समयमा कोशी प्रदेशकै विभिन्न साखाहरुले पनि सामाजिक उत्तरदायित्वको कार्यक्रम गर्ने गरेको जानकारी गराउँदै कम्पनीको संक्षिप्‍त जानकारी गराए ।

कम्पनीको इटहरी शाखाकी प्रमुख कल्पना गुरुङले माया घर नेपालमा कार्यक्रम आयोजना गरि असहाय र आश्रितलाई सहयोग गर्न पाउँदा अत्यन्त खुशी लागेको बताइन् । साथै, उनले बीमाको महत्व बारे प्रकाश पारिन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS