काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९ /८० को संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको २१ दशलमव ०५ प्रतिशत नगद लाभांश र उक्त नगद लाभांशमा कर प्रयोजनका लागि १ दशलमव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र बीमा प्राधिकरणले स्वीकृत गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।