IME Life New

१३ सय बीमाकर्मी र अभिकर्तालाई ‘सेल्स स्ट्रयाटेजी’ तालिम दिँदै सोनु शर्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिफ्ट पिक्सेल ग्लोबलले आज काठमाडौंमा ‘सेल्स स्ट्रयाटेली इन रिसेसन’ तालिम सञ्चालन गरिरहेको छ।

कार्यक्रममा बीमाकर्मी र अभिकर्ता गरी १ हजार ३०० जनाको सहभागिता रहेको छ। कार्यक्रममा बीमाकर्मी र अभिकर्तालाई भारतीय प्रशिक्षक सोनु शर्माले ‘सेल्स स्ट्रयाटेजी’सम्बन्धी तालिम दिइरहेका छन्। मोटिभेसनल स्पिकर शर्माले विशेषगरी अहिलेको मन्दीको समयमा कसरी बीमा व्यवसायलाई निरन्तरता दिने भन्ने रणनीतिका विषयमा प्रवचन गरिसकेका छन्।

Esewa
Crest

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज बिहान ८ बजेदेखि कार्यक्रम सुरु भएको थियो। यो कार्यक्रम बेलुकी ६ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछन् । उद्घाटनसत्र सकिएपछि सोनु शर्माले अहिले अभिकर्ता र बीमाकर्मीको मनोबल बढाउने उद्देश्यका साथ प्रवचन दिइरहेका छन्।

आफ्नो प्रवचनका क्रममा शर्माले इन्स्योरेन्स पोलिसी बेच्नभन्दा पनि पोलिसी बच्नका लागि कस्तो बन्नुपर्छ भन्ने विषयमा रोचक प्रसंग उठाएका थिए। ‘त्यो कुरा जानेमा अबको ६ महिनामा तपाइँको जीवन ठूलो परिवर्तन हुनेछ र आजको दिन जिन्दगीभर याद गर्नुहुनेछ’, उनले भने।

अब ६ महिनाभित्र उच्च बीमा सल्लाहकार बन्न शर्माले १५ वटा टिप्स पनि प्रस्तुत गरेका थिए। उनले भने, ‘मैले दिएको टिपले ६ महिना होइन ३ महिनाभित्रै सबै तपाइँवाको वाहीवाही गर्नेछन्।’

पहिलोसत्र दिउँसो १ बजेसम्म चल्नेछ। दिउँसो १ बजेदेखि साढे २ बजेसम्म खानाका लागि विश्रामको समय हुनेछ । त्यसपछि साढे २  बजेदेखि दोस्रो सत्रमा पुनः सोनु शर्माको प्रस्तुति रहनेछ।

कार्यक्रममा जीवन बीमा कम्पनीबाट कर्मचारी र अभिकर्ता सहभागी छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

8%
amazed

अचम्मित

8%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS