IME Life New

प्रिमियममा आइपीओ ल्याएको सन नेपाल लाइफका यी हुन् २५ ठूला शेयरधनी, कसको हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीमध्ये प्रिमियममा आइपीओ ल्याउने सन नेपाल लाइफ इन्स्योरेन्स पनि एउटा हो । यो कम्पनी सन् २०१७ मा स्थापना भएको हो। कम्पनीको अध्यक्षमा अनुज कयाल अध्यक्ष छन् भने सीईओमा राजकुमार अर्याल छन्। कम्पनीमा हाल ३८० जना कर्मचारी र ३४ हजार १८० अभिकर्ता रहेका छन्।

आज बसेको कम्पनीको सातौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९।८० सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैयाँबराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ। बोनस शेयर कर प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने ४ करोड ८४ हजार २१० रुपैयाँबराबरको नगद लाभांश पनि सभाले अनुमोदन गरेको छ।

Esewa
Crest

बोनस शेयर जारी गरेपछि चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख कायम हुने र नेपाल बीमा प्राधिकरण तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्तापुँजीका लागि नपुग पुँजी कायम गर्न उक्त पुँजीको २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन अनुमोदन गरेको छ। सभाले बोनस शेयर वितरण र हकप्रद शेयर निष्कासनपश्चात अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

वार्षिक प्रतिवेदनअनुसार कम्पनीमा १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व राख्ने २५ ठूला लगानीकर्ता छन्। कम्पनीमा सबैभन्दा धेरै शेयर स्वामित्व चाभोबिरो फिड इन्डस्ट्रिजको रहेको छ। यो कम्पनीको २४ लाख कित्ता शेयर अर्थात १०.७१ प्रतिशत शेयर स्वामित्व रहेको छ।

दोस्रो ठूला शेयर धनीका रुपमा रोशन केसी छन्। उनको नाममा कम्पनीको १७ लाख ६० हजार कित्ता (७.८६ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

कम्पनीमा तेस्रो धेरै शेयर स्वामित्व बबिताकुमारी अग्रवाल कयालको रहेको छ। उनको नाममा १४ लाख ८२ हजार २०० कित्ता (६.६२ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

यसैगरी कालिका इन्भेस्टमेन्ट एन्ड म्यानेजमेन्ट र सुशीला मित्तलसँग समान ९ लाख कित्ता (४.०२ प्रतिशत), बागमती इंक र हार्भेस्ट इन्भेस्टमेन्टसँग समान ७ लाख कित्ता (३.१३ प्रतिशत), किरन केसीसँग ६ लाख ४० हजार कित्ता (२.८६ प्रतिशत) र कविकुमार तिर्बेवाला, साइअन होल्डिङ कम्पनी र श्री कृष्ण स्टिल इन्डस्ट्रिजसँग समान ४ लाख कित्ता (१.७९ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

सन नेपाल लाइफमा कुशुमदेवी कयालको ३ लाख ६० हजार कित्ता (१.६१ प्रतिशत) तथा विश्वप्रकाश गौतम, निरजकुमार टोदी, पवनकुमर खेताल, राजेशकुमार अग्रवाल, रुबी अग्रवाल पद्दार, शशिकुमार तिर्बेवाला र शौरभ अग्रवालसँग समान ३ लाख २० हजार कित्ता (१.४३ प्रतिशत) शेयर स्वामित्व रहेको छ। अनुज कयालसँग ३ लाख १६ हजार २०० कित्ता (१.४१ प्रतिशत), निकिता कयालसँग २ लाख ९७ हजार ८०० कित्ता (१.३३ प्रतिशत), सत्यनारायण कयालसँग २ लाख ८६ हजार कित्ता (१.२८ प्रतिशत), बिकी हार्डवेयर हाउससँग २ लाख ८० हजार कित्ता (१.२५ प्रतिशत), नारायाणी रोलिङ मिल्ससँग २ लाख ५० हजार कित्ता (१.१२ प्रतिशत) र सुमनकुमार कयालसँग २ लाख ४० हजार कित्ता (१.०७ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

17%
sad

दु :खी

33%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS