IME Life New

दाबी फरख-फारख गराउन आउन बीमितलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लामो पेन्डिङमा रहेका दाबी फरख–फारख गराउन आउन बीमितलाई ताकेता गरेको छ।

कम्पनी आज एक सूचना प्रकाशित गरी आवश्यक कागजपत्र अपुग भई लामो समयदेखि पेन्डिङमा रहेका दाबी फरख–फारख गराउन आउन बीमितलाई आग्रह गरेको हो। साबिक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स र हाल सलिकोबाट जारी भएका बीमालेखअन्तर्गत दाबीको जानकारी कम्पनीमा गराई कम्पनीबाट दाबी भुक्तानीका सम्बन्धमा गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि नबुझाई बसेका बीमितलाई कम्पनीले सूचित गरेको छ।

Esewa
Crest

बीमितलाई बारम्बार ताकेता गर्दा पनि नबुझाएका कागजात यो सूचना प्रकाशित जारी भएको ३५ दिनभित्र आफूले बीमा गरेको कम्पनीको शाखा कार्यालयमा सम्पर्क राखी बुझाउन बाँकी रहेका सम्पूर्ण कागजातहरु बुझाई दाबी फरख–फारख गराउन पनि कम्पनीले आग्रह गरेको छ।

तोकिएको समयसम्म पनि दाबी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु नबुझाउने दाबीकर्ताको हकमा निजहरुसँग सम्बन्धित दाबी फाइल बन्द गई तामेलीमा जाने कम्पनीले जनाएको छ। सम्पर्कका लागि बीमा गरिएको शाखा कार्यालयहरुको सम्पर्क नम्बर कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS