Connect IPS
IME Life

आइएमई लाइफद्वारा २ लाख ७५ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा कार्यालयले २ लाख ७५ हजार रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । केही महिना अगाडि मृत्यु भएकी बुटवल उपमहानगरपालिका नयाँगाउँ निवासी स्वर्गीय सुन्तली रायमाझीको परिवारलाई उक्त रकम प्रदान गरेको हो ।

कम्पनीले उक्त रकम स्वर्गीय बीमितका श्रीमान धन बहादुर रायमाझीलाई प्रदान गरेको हो । आइएमई लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रवन्धक राजेन्द्र पन्थी , बुटवल शाखा प्रमुख नारायण गौतम, क्षेत्रीय संयोजक बिष्णु दवाडी सहितको सहभागितामा बीमितको घरमै पुगेर चेक हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

रायमाझीले करिब ३ वर्ष अगाडी मात्र आईएमई लाइफ इन्स्योरेन्समा बीमा गर्नुभएको थियो । दावी भुक्तानी रकम हस्तान्तरण गर्दै क्षेत्रीय शाखा प्रमुखले बिमाको महत्व प्रकाश पार्दै जीवन बिमा अनिवार्य रहेकोले सबैले जीवन बीमा गराउनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा आईएमई लाइफका कर्मचारी,एजेन्सी मेनेजर निलकन्ठ भुसाल , विजय फुँजाली, स्मृति खत्री तथा स्थानीयको सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS