IME Life New

प्रभु महालक्ष्मी लाइफको पौने २६ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पौने २६ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको २५ लाख ८४ हजार ६२५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

कम्पनीका संस्थापक शेयरधनीहरु प्रभु बैंकको नाममा रहेको २१ लाख ९६ हजार कित्ता, विराटकुमार श्रेष्ठको १ लाख ४१ हजार ३२५ कित्ता, विनिता उपाध्यायको १ लाख कित्ता, यादवेन्द्र गौतमको १ लाख ९ हजार ८०० कित्ता र प्रजितराज पराजुलीको ३७ हजार ५०० कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ।

काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सकिनेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS