काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम शेयर प्रिमियमबाट अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्तावित अन्तरिम लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी विशेष साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
लेखा समितिले बीमा कम्पनीहरुले प्रिमियममा उठाएको रकमको कर तिरेपछि बाँकी रकम बोनस शेयरका रुपमा बाँड्न पाउने निर्णय गरेसँगै कम्पनीले अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
1714965375280