काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व, जन्मदिन, विवाह, लगायतका यत्सवहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । विभिन्न उत्सवहरुमा लाखौं खर्च गरी बनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने चलनले समाजमा बचत गर्ने प्रवृतिको विकास भएको छ ।
यसैबीच काभ्रेपलान्चोक जिल्लाको चौरी देउराली गाउँपालिका ५ बस्ने लिला नाथ गौतम र सर्मिला गौतमलेआफ्नो छोराको पास्नीको अवसरमा बीमालेख उपहार दिएका हुन् । उनीहरुले नेपाल लाइफबाट ५ लाख रुपैयाँको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना उपहार दिएका हुन् ।
छोराको भविष्यका लागि भन्दै उनीहरुले वार्षिक ३५ हजार ३ सय रुपैयाँ बीमा शुल्क बुझाउने गरी उक्त उपहार दिएका हुन् ।