IME Life New

एशियन लाइफ इन्स्योरेन्सद्वारा ३ लाख ३१ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबीवापत ३ लाख ३१ हजार ३९७ रुपैयाँ भुक्तानी गरेको छ । बीमित स्वर्गीय बेलु रावत क्षेत्रीका पति बिष्णु रावत क्षेत्रीलाई कम्पनीको शाखा कार्यालय महेन्द्रनगरका शाखा प्रमुख केशब प्रसाद उपाध्याय र दोधाराचादनी बडा नम्बर ९ का बडा अध्यक्ष गोपीलाल कडेलको उपस्थितिमा मृतकको घरदैलोमा गई  मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण कार्यक्रममा महेन्द्रनगर शाखाका  शाखा प्रबन्धक केशब प्रसाद उपाध्यायले बीमाका फाइदा, महत्व र आबश्यकताका बारेमा जानकारी गराउदै बीमा सुःख,दुःखको साथी भएकोले आगामी दिनमा आ–आफ्नो क्षमता अनुसार गर्न  सुझाव दिएका थिए ।
त्यस्तै,  बडा अध्यक्ष गोपीलाल कडेलले आफ्नो गाउँटोलमा यसरी घरमै आई बीमितलाई सुबिधा  दिदा बीमा कम्पनीलाई धन्यवाद  दिदै बीमाको बारेमा यो बर्तमान समयमा सबैको लागि सधैको लागि सुरक्षा योजना भएकोले आफ्नो स्थानीय क्षेत्रमा आगामी दिनमा सबैलाई जोडिन र लाभ लिन सुझाव दिए ।
उक्त कार्यक्रममा कम्पनीका  बरिष्ठ एजेन्सी मेनेजर  लोकमणि बिष्ट,रमेशराज पन्त,टेकेन्द्र  प्रसाद जोशी , डम्बर बहादुर खड्का ,बसन्तराज जोशी ,साबित्री रावत,र रबिन्द्रराज ओझा  लगायतको उपस्थिति रहेको थियो ।
दोधाराचादनी नगरपालिका वडा नम्बर ०९ निवासी स्वर्गीय बेलु रावत क्षेत्रीले वार्षिक रु.२१४१८ रुपैयाँ बीमाशुल्क किस्ता तिर्ने गरी  २०७८।९।१२ गते रु.३ लाख बीमांकको अभिकर्ता साबित्री रावत मार्फत एशियन सावधिक बीमालेख लिएकी थिइन् ।बीमितबाट बीमाशुल्कको ३ किस्तावापत जम्मा रु.६४,२५४ रुपैयाँ भुक्तानी  प्राप्त  भएको थियो । बीमितको २०८० जेठ २७ गते क्यान्सरको रोगको कारणले मृत्यु भएकोमा, बीमालेखको बीमांक, र बोनश रकम समेत गरी रु.३ लाख ३१ हजार ३९७ रुपैयाँ दाबी भुक्तानी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS