IME Life New

सिटिजन लाइफद्वारा रु. ३३.८० लाख घातक रोगको बीमा दाबी भुक्तानी, बीमितको सुझावः बीमा गरौँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगबापतको बीमा दाबी भुक्तानी गरेको छ।

कम्पनीका सिनियर एजेन्सी मेनेजर भेषराज भट्टराईको नेतृत्वमा बीमित सरोज सुब्बालाई उनी उपचाररत अस्पताल सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा पुगी घातक रोगबापत ३३ लाख ८० हजार ४१९ रुपयाँबराबरको चेक हस्तान्तरण गरेको हो। इलामको चुलाचुली गाउँपालिका–४ का ४० वर्षीय सरोज सुब्बाले ३ वर्षअगाडि अभिकर्ता थिरप्रसाद दाहालसँग सिटिजन लाइफ इन्स्योरेन्समा ५० लाख रुपैयाँको जीवन बीमा गराएका थिए। जसमा ३५ लाख रुपैयाँको घातक रोगको रक्षावरण सुविधा थियो। हाल उनको दुवै मिर्गौला फेल भएका कारण कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो।

Esewa
Crest

कार्यक्रममा अस्पतालका शाखा अधिकृत हरिहर पोख्रेल, लेखा अधिकृत युवराज भट्टराई, कर्मचारी युनियनका उपाध्यक्ष पूर्णकृष्ण तुच्छे र सचिव रामचन्द्र पौडेल, सिटिजन लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजर सुरेशबाबु जमरकट्टेल, सिटिजन लिडर संगीता कार्की, समाजसेवी किरण राई र बीमित सुब्बाका परिवारको उपस्थिति थियो।

सुब्बाले आफूलाई प्राणघातक रोग लागेर अस्पतालमा उपचार गरिरहेको बेला यसरी बेडमै चेक ल्याई दिएर प्राण रक्षा गरिदिएकोमा सिटिजन लाइफलाई धन्यवाद व्यक्त गरे। ‘सुरुमा मैले जीवन बीमाको महत्व नबुझेको थिइनँ, एजेन्टले बुझाउन खोज्दा म भागेको थिएँ तर पटक–पटकको आग्रह र अनुरोधपछि करले बीमा गरेको थिएँ’, सुब्बाले भने, ‘तर, आज आएर जीवन बीमाको महत्व र फाइदा बुझेँ। त्यसैले अरुलाई पनि बीमा गर्न मेरो सुझाव छ।’

सिनियर एजेन्सी मेनेजर जमरकट्टेलले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटामात्र रोगको नभई २० घातक रोगका लागि बिना बिल नै ५० लाख रुपैयाँसम्मको उपचार खर्च कम्पनीले दिने गरेको बताए।

बीमित सुब्बाका नातेदार समाजसेवी किरण राईले बिना झन्झट सिटिजन लाइफ इन्स्योरेन्सबाट प्राप्त रकमले उपचारमा आर्थिक सहयोग र हौसला प्राप्त भएको भन्दै सिटिजन लाइफलाई धन्यवाद दिए। उनले सबैलाई समयमा नै बीमा गर्ने सल्लाहसमेत दिए।

कार्यक्रममा अस्पतालका शाखा अधिकृत हरिहर पोख्रेलले आर्थिक जोखिमको सुरक्षाका लागि जीवन बीमा अपरिहार्य रहेकोले आफ्नो क्षमताअनुसारको बीमा गर्नुपर्ने सुझाव दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS