IME Life New

सूर्यज्योति लाइफको वार्षिकोत्सवः विलम्ब शुल्कमा ३५% छुटको लाभ अब वैशाख २० सम्म लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिकोत्सवमा व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ छुट दिने योजना घोषणा गरिएको छ।

कम्पनी १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको अवसरमा व्यतित भएका बीमालेखहरु यही वैशाख २० गतेभित्र नवीकरण गरेमा बीमाशुल्कमा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशत छुट प्रदान गरिने घोषणा गरिएको हो। यो छुट योजनाको लाभ लिन नजिकको शाखा कार्यालयमा गई वा आफ्नो मोबाइल बैंकिङ वा अनलाइन वालेटहरुबाट सजिलै बीमाशुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

Esewa
Crest

यसैगरी बीमालेख सम्बन्धी महत्वपूर्ण जानकारी मोबाइल वा ई–मेलमार्फत दिइने हुनाले आफ्नो मोबाइल नम्बर र ई–मेल अद्यावधिक गर्नका लागि कम्पनीमा सम्पर्क गर्न सेवाग्राहीलाई आग्रह गरिएको छ। सूर्यज्योति मोबाइल एप डाउनलोड गरी आफ्नो बीमालेखको नवीकरण मिति, बीमाशुल्क र अन्य जानकारी लिन सकिने कम्पनीले जनाएको छ।

विलम्ब शुल्कमा छुट बीमा अवधिभर १ पटकमात्र प्रदान गरिने प्रावधान रहेको छ। पुनर्जागरण भएको १ वर्षभित्र बीमालेख समर्पण गरिएमा प्रदान गरिएको बीमाशुल्क छुट रकम समर्पण रकममा कटाइने कम्पनीले स्पष्ट पारेको छ। २०८१ वैशाख २० गते भित्र परिपक्क हुने बीमालेखमा यो छुट लागू हुने छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS